×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल र चिनीया कलाकारको मैत्रीकला प्रर्दशनी सुरु, उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा उद्घाटन ! (भिडियो रिपोर्ट)

काठमाडौँ – राजधानी काठमाडौँमा नेपाल र चिनीया कलाकारको मैत्रीकला प्रर्दशनी सुरु भएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा विहिबार देखि सुरु भएको प्रर्दशनीमा नेपाली कलाकार तथा प्राज्ञ धर्मराज शाक्य र चीनका प्रख्यात कलाकार झेन झोन्गीका चित्रकला र मूर्तिकलाहरु राखिएको छ । नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी सङ्घले नेपाल–चीन दौत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा दुई देशका कलाकारहरुको मैत्रीकला प्रदर्शनी गरेको हो । प्रर्दशनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो । क्यानभासमा गणेशको चित्र कोरेर उपराष्ट्रपति पुनले मैत्रीकला प्रर्दशनीको उद्घाटन गर्नुभएको हो । 
औपचारिक उद्घाटनपछि उपराष्ट्रपति पुनले चित्रकला प्रर्दशनीको अवलोकन पनि गर्नुभएको थियो । प्रर्दशनीमा नेपाली कलाकार तथा प्राज्ञ धर्मराज शाक्यका २४ वटा गणेशको चित्रको साथै १० वटा नेपाली मुर्ति र चिनीया कलाकार झेन झोन्गी का ३० वटा श्यामश्वेल चित्र प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीले दुई देशबीच प्राचीन कालदेखि कायम धार्मिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पु¥याउनुका साथै चीन र नेपालबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै चिनिया कलाकार झेन झोन्गीले दुवै देश पुरानो सभ्यता र संस्कृतिको धनी भएकाले दुवैको सम्पदाको प्रयोग र कला तथा सिप आदान प्रदानमा प्रर्दशनीले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 
हपेई एकेडेमी अफ फाईन आर्टसका डिन समेत रहेका चित्रकार झोन्गीले नेपालमा आयोजित कला प्रदर्शनीमा सहभागी हुन पाउदा आफु अत्यन्तै खुसी भएको बताउनुभयो । शिक्षा क्षेत्रमा विशेष योगदान पुर््याउदै आएका चिनीया कलाकार झोन्गीले विश्वका विभिन्न स्थानमा कला प्रर्दशनी गरिसक्नुभएको छ । कार्यक्रममा क्रोधकला शिरोमणी वरिष्ठ मूर्तिकार कालु कुमाले, वरिष्ठ समाजसेवी अम्बिका श्रेष्ठ, चिनिया कलाकार झेन झोन्गी, वरिष्ठ चिनिया पत्रकार सु हाओ, लगायतलाई सम्मान गरिएको थियो । प्रर्दशनी ५ दिन सम्म चल्नेछ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: