×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौंमा ‘दुई व्यक्ति मैत्रिकला प्रदर्शनी’ हुने, चीन र नेपालबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास (भिडियो रिपोर्ट)

काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी सङ्घले आगामी विहीबार राजधानी काठमाण्डौमा कलाकारद्धय धर्मराज शाक्य (नेपाली) र झेन झोन्गी(चीन) को ‘दुई व्यक्ति मैत्रिकला प्रदर्शनी’ गर्ने भएको छ । सङ्घले मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी प्रर्दशनीबारे जानकारी गराएको हो । नेपाली कला, संस्कृति तथा नेपाली उत्पादनको विकास, निर्यात प्रवद्र्धन र बजारीकरणका लागि विभिन्न अन्तर्राष्ट्रिय स्तरका मेलाहरु आयोजना गर्दै आएको सङ्घले विहीबार देखि काठमाण्डौको बबरमहल स्थित नेपाल कला परिषद्को कार्यालयमा कला प्रर्दशनी आयोजना गर्न लागेको हो । 
पत्रकार सम्मेलनमा प्रर्दशनीका संयोजक तथा सङ्घका महासचिव शान्त कुमार श्रेष्ठले नेपाल–चीन दौत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा नेपाल कला परिषद्मा दुई देशका कलाकारहरुको मैत्रीकला प्रदर्शनी गर्न लागेको जानकारी दिनुभयो । श्रेष्ठले प्रदर्शनीले दुई देशबीच प्राचीन कालदेखि कायम धार्मिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पु¥याउनुका साथै चीन र नेपालबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
साथै उहाँले पुस १० देखि ५ दिन सम्म चल्ने यस प्रर्दशनी अवलोकन गर्न गराउन र कलाकारहरुलाई प्रोत्साहन प्रदान गर्नुहुन पनि अनुरोध गर्नुभयो ।
त्यसैगरी अध्यक्ष धर्मराज शाक्यले प्रर्दशनीमा २२ वटा गणेशको चित्रका साथै १० वटा नेपाली मुर्ति र कलाकार झेन झोन्गी(चीन)का ३० वटा चित्र प्रदर्शनीमा राखिने जानकारी दिनुभयो । प्रर्दशनीका सल्लाहाकार एवं वरिष्ठ पत्रकार (चीन) का सु हाओले दुवै देश पुरानो सभ्यता र संस्कृतिको धनी देश भएकाले दुवैको सम्पदाको प्रयोग गरि महत्वपुर्ण भुमिका खेल्ने भएकाले दुवै देशलाई प्रदर्शनीले फाईदा पु¥याउने बताउनुभयो । 
हपेई एकेडेमी अफ फाईन आर्टसका डिन समेत रहेका चित्रकार झेन झोन्गी नेपालमा आयोजित कला प्रदर्शनीमा सहभागी हुन पाउनु गर्वको विषय भएको बताउनुभयो । शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउदै आएका चिनियाँ कलाकार झोन्गीले विश्वका विभिन्न स्थानमा कला प्रर्दशनी गरिसकेको र आफ्नै विश्वविद्यालयमा पनि कला क्षेत्रका विभिन्न २७ वटा विषय अध्ययन गराएर कला क्षेत्रको विकासमा सहयोग पुयाएको भनेर प्रशंसा गर्नुभयो ।
सङ्घले नेपाली कला र शिल्पको प्रयोग गरिएका हस्तकला, वास्तुकला, धातुकला, प्रस्तरकला, चित्रकला तथा नेपाली उत्पादनलाई अन्तराष्ट्रियस्तर प्रचार प्रशार गर्ने क्रममा दक्षिण एसियाली राष्ट्रको अलावा युरोपियन राष्ट्रहरुमा आयोजित मेलाहरुमा नेपालको तर्फबाट सहभीता जनाउदै आएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: