यी सात कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कुन कम्पनीको कतिमा खुल्यो सेयर कारोबार ?

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ७ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोमबार बोनस सेयरमा मूल्य समायोजन हुनेमा साना किसान लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था,महुली लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम कमर्सियल बैंक, जानकी फाइनान्स र युनाइटेड फाइनान्स रहेको छ । 

साना किसान लघुवित्तको २७.२५% बोनस सेयर समायोजन भएको छ । समायोजनपछि सेयर कारोबारको मूल्य ७८४ रुपैयाँ २८ पैसा तोकेको छ । त्यस्तै, सपोर्ट माइक्रोफाइनान्सको १०% बोनसमा मूल्य समायोजनपछिको भाउ ५४७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । यता, महुली लघुवित्तको पनि २०% बोनस सेयर पछिको मूल्य नेप्सेले ७५० रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको १०.५०% बोनस सेयरपछिको भाउ नेप्सेले ३९१ रुपैयाँ ८६ पैसा तोकेको छ । यता, प्राइम कमर्सियल बैंकको समायोजनपछिको भाउ २४० रुपैयाँ ५२ पैसा निर्धारण भएको छ ।

जानकी फाइनान्सको २२% बोनस सेयर समायोजन पछिको भाउ १६३ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । यता, युनाइटेड फाइनान्सको पनि ३% बोनस सेयर पछिको मूल्य १७१ रुपैयाँ ८४ पैसामा आएको छ । यिनै भाउलाई आधार मानेर सोमबार सात वटै कम्पनीको सेयर कारोबार खुल्ला हुनेछ ।
प्रकाशित मिति : Monday, December 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal