×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी पाँच कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ५ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबार बोनस सेयरमा मूल्य समायोजन हुनेमा नेपाल बैंक, कृषि विकास बैंक, नेरुडे लघुवित्त वित्तीय संस्था, बिजय लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था रहेको छ । 
नेपाल बैंकको १५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि बैंकको सेयर मूल्य २७५.६५ रुपैयाँ निर्धारण गरिएको छ । यता, कृषि विकास बैंकको पनि ६% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि बैंकको सेयर मूल्य ३९३.४० रुपैयाँ तोकेको छ । 
यस्तै, नेरुडे लघुवित्त वित्तीय संस्थाको १५% बोनस सेयर सूचिकृत भएको छ । समायोजनपछि संस्थाको सेयर मूल्य ४८६.०९ रुपैयाँ निर्धारण गरिएको छ । यता, बिजय लघुवित्त वित्तीय संस्थाको १५% बोनसमा मूल्य समायोजन भएको छ । समायोजनपछि संस्थाको सेयर मूल्य ६२३.४८ रुपैयाँ निर्धारण गरिएको छ ।आरएमडीसी लघुवित्तको १२.५% बोनस सेयर सेयर समायोजनपछि नेप्सेले ५३६ रुपैयाँ भाउ तोकेको छ । 
आइतबार यही मूल्यलाई आधार मानेर ५ वटै कम्पनीको सेयर कारोबार खुल्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: