×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पूर्व अर्थमन्त्री डा. रामशरण महतद्वारा लिखित ‘ट्रेल्स, ट्रेमोर्स एण्ड होप’ पुस्तक सार्वजनिक…! (भिडियो रिपोर्ट)

काठमाडौँ – समसामयिक राजनीति र अर्थतन्त्रलाई विश्लेषण गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले लेखेको पुस्तक सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक समाराहबीच पूर्व राष्ट्रपति डा. रामवरण यादवले उक्त पुस्तक (ट्रेल्स, ट्रेमोर्स एण्ड होप) को बिमोचन गर्नुभएको हो । पुस्तकमा नेपालको अर्थतन्त्र, व्यापार घाटा लगायत अर्थ राजनीतिलाई समेटिएको छ । बिमोचन कार्यक्रममा पूर्व राष्ट्रपति यादवले उक्त पुस्तकमा समावेस गरिएका विषयले देशको आर्थिक विकासमा योजना बनाउन र कार्यान्वयन गर्न सहयोग पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो । 
त्यस्तै उहाँले कृषि तथा पूर्वाधार विकासको कुरा गर्ने तर जलवायु परिवर्तनको कुरा छुटाउने प्रवृति नेपालको राजनीतिमा रहेको बताउनुभयो । उहाँले यसलाई राजनीतिक व्यक्तिहरुको रोगको रुपमा विश्लेषण गर्दै यस्तो किताबमा जलवायु परिवर्तन र यसले अर्थतन्त्रमा पारेको प्रभावलाई समेत समेटन सुझाव दिनुभयो ।
पछिल्लो समय राजनीति सक्रिय अर्थविदहरुको पुस्तकहरुमा देशको आर्थिक विश्लेषण सँगसँगै आफ्नो राजनीतिक धार पनि प्रस्तुन हुने हुँदा यसको अध्ययन गर्नेहरुमा भ्रम सिर्जना हुन थालेको भन्दै विश्लेषकहले टिप्पणी गर्ने गरेका छन् । सत्ता बाहिर रहेका पूर्व अर्थमन्त्री हरुको टिप्पणी र सत्तामै रहेका अर्थमन्त्रीको देशको समसामयिक आर्थिक विश्लेषणमा फरक देखिनु यसको संकेत हो । हेर्नुहोस् भिडियो ;
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: