×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सबैको लघुवित्तको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, १३% बोनस र १००% हकप्रद सेयर ल्याउने प्रस्ताव पारित !

काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा शनिबार (मंसिर २१ गते) सम्पन्न भएको छ । उक्त सभामा संस्थाले पेस गरिएको १३% बोनस र बोनसमा लाग्ने कर तिर्न थप ११ लाख २८ हजार ९ सय ४७ रुपैयाँ ३७ पैसा नगद प्रस्ताव पनि पारित भएको छ ।  संस्थाको साधारणसभा मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दीपुर ५, तनहुँमा भएको थियो ।
बोनसपछि कायम हुने पुँजीबाट १००% हकप्रद ल्याउने अर्को विशेष प्रस्ताव पनि पारित भएको छ । बोनस पारित भएपछि कम्पनीको पुँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ पुग्दैछ । कम्पनीले यही पुँजीबाट १८ लाख ६४ हजार ५०० कित्ता (१००%) हकप्रद ल्याउन लागेको हो । 
सभामा कम्पनीले अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरेको छ। आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल तथा अनुमोदन भएको छ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि पारित भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: