×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘हेम बहादुर मल्ल’ पुरस्कारद्वारा कुलमान घिसिङ र डा. सन्दुक रुइत सम्मानित ! (भिडियो रिपोर्ट)

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ डा. सन्दुक रुइत हेमबहादुर मल्ल सम्मानबाट सम्मानित हुनुभएको छ । शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ्ग र आँखा विशेषज्ञ डा. रुइत लाई हेम बहादुर मल्ल सम्मानबाट सम्मानित गरिएको हो । 
साल्ट ट्रेडिङ कर्पाेरेसनको प्रायोजनमा स्थापित हेमबहादुर मल्ल सम्मान २०७३ घिसिङलाइ र २०७४ डाक्टर रुइतलाई प्रदान गरिएको हो । दुवै जनालाई उपराष्ट्रपति नन्द बहादुर पुनले जनही २ लाख रुपैया नगद र ताम्रपत्र सहित सम्मानित गर्नुभएको हो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ्गलाई लोडसेसडङ्ग हटाउन भूमिका खेलेको तथा डा. रुइतलाई आँखा उपचारमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो । 
करिब २५ बर्ष साल्ट ट्रेडिङको महाप्रबन्धकको रुपमा काम गरेका रोलमोडल प्रशासकका रुपमा लिईन हेमबहादुर मल्लको नाममा स्थापना गरिएको सम्मान २०६० सालबाट प्रदान गर्न थालिएको हो । यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. बिमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा.सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम र डा. देवेन्द्र पाण्डे हेम बहादुर मल्ल सम्मान बाट सम्मानित भईसक्नु भएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: