सानिमा लाईफ इन्स्योरेन्स र विराट हस्पिटलबीच सम्झौता, इन्स्योरेन्सका ग्राहकले स्वास्थ्य परिक्षण शुल्कमा छुट पाउने !

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स र विराट हस्पीटलबीच प्रि मेडिकल चेकअप छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतापश्चात् सानिमा लाईफ इन्स्योरेन्सको ग्राहकहरुलाई स्वास्थ्य परिक्षण शुल्कमा छुट पाउने भएका छन् ।

सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना र विराट हस्पिटलको तर्फ बाट प्रशासक पदम वीनाडीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रमा कम्पनीका तर्फ बाट मुख्य प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक राजन निरौला तथा विराटनगर शाखा प्रमुख सन्तोष आचार्य समेतको उपस्थीति रहेको थियो । संम्झौता अनुसार सानिमा लाईफ इन्स्योरेन्सका वीमा प्रस्तावकहरुले प्रि मेडिकल चेकअप गर्दा विशेष छुट तथा नगद रहित सुवीधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : Friday, December 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal