×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

काठमाडौंको भृकुटिमण्डपमा सोमबारदेखि भौचर मेला सुरु (भिडियो रिपोर्ट)

काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा सोमबारदेखि भौचर मेला सुरु भएको छ । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले भौचरमा आधारित तालिम मेला आयोजना गरेको हो । परियोजनाका उपनिर्देशक सुदर्शन मरहठ्ठाले आर्थिक वर्ष २०७६-०७७ मा ७ हजार ५ सय जनालाई तालिम दिई रोजगारी उपलब्ध गराउने योजना अनुरुप भौचरमा आधारीत तालिम मेलाको आयोजना गरिएको बताउनुभयो । उहाँले मेलामा ५८ वटा तालिम प्रदायक संस्थाहरुका स्टल रहेको र सहभागिहरुले इच्छा लागेको विषयको तालिम आफुलाई पायक पर्ने संस्थाबाट लिन सक्ने बताउनुभयो । उहाँले तालिमपछि रोजगारीको अवसर पाउनुका साथै आफै समेत व्यवसाय गर्न सकने बताउनुभयो ।

मेलामा १० हजार ९ सय ४१ जना सहभागिहरु छनौट भएको उहाँले जानकारी दिनुभयो । मेलामा सहभागिहरुले भौचर पाउने र आफुलाई पायक पर्ने तालिम केन्द्रको छनौट गरी इच्छा लागेको सिप सिक्न उक्त फारम भर्नुपर्ने उहाँले बताउनुभयो । मेला मंगलबार सम्म सञ्चालन हुनेछ । हेर्नुहोस् भिडियो:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: