×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘भ्रमण वर्ष २०२०’ को उद्घाटन समारोहलाई भव्य बनाउने गरी सहभागिता जनाउन काठमाडौंबासीहरुलाई सरकारको आग्रह !

काठमाडौँ – सरकारले ‘भ्रमण वर्ष २०२०’ को उद्घाटन समारोहलाई भव्य बनाउने गरी सहभागिता जनाउन काठमाडौं उपत्यकाका स्थानीय निकायलाई आग्रह गरेको छ । दैनिक जस्तो विभिन्न निकायहरुसँग छलफलमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्रालयले बुधबार काठमाडौं उपत्यकाका सबै पालिकाहरुसँग छलफल गरेको हो । छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले हवाई मार्गबाट आउने पर्यटकहरुलई आकर्षित गर्ने पहिलो गन्तव्य काठमाडौं उपत्यकाका भएकाले पनि नगरपालिकाहरुको ध्यान जानुपर्ने बताउनुभयो । त्यसका लागि नगरपालिकाहरुले ७ वटा विश्व सम्पदा सुचिमा परेका क्षेत्रलाई जोडने गरी साइकल लेन निर्माण गर्ने, सहरी सुन्दरता कायम गर्ने तथा राजधानीमा ‘भ्याली बाई नाइट’को अवधारणालाई विकास गर्नुपर्ने बताउनुभयो ।
मन्त्री भट्टराईले २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गर्दा २० लाख पर्यटक भित्र्याउने मात्र नभई पर्यटन क्षेत्रको विकास र नर्या पर्यटकीय गन्तव्यको पहिचान गर्नुपनि रहेको बताउनुभयो ।
छलफलमा नगरपालिकाका प्रमुखहरुले आफ्नो क्षेत्रमा पर्यटकलाई आकर्षित गर्नका लागि गरेका विकासहरुको विषयमा जानकारी गराएका छन् । काठामाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विदेशी पर्यटकहरुलाई आकर्षित गर्न नेपालमा कार्यक्रमहरु गर्ने भन्दा पनि विदेशमा रहेका मुख्य मुख्य पर्यटकीय शहरहरुमा गई प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो । उहाँले २०२० मा नेपाल भ्रमण गर्न आउँदा २०१९ मा भन्दा पर्यटकले के फरक पाउँछन त्यसको विषयमा पनि स्पस्ट हुनुपर्ने बताउनुभयो ।
ललितपुर माहानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुरको पर्यटकीय सहरमा पर्यटकको बसाई लम्ब्याउन नगरपालिकाले ध्यान दिएको बताउनुभयो । त्यसका लागि सहरको सुन्दरता निर्माण तथा ऐतिहासीक सम्पदाहरुको तस्बिर विभिन्न ठाउँमा राख्न लागेको जानकारी दिनुभयो ।
सरकारले भ्रमण वर्ष २०२० को उद्घाटन जनवरी १का दिन भव्य समारोहबीच दशरथ रंगशालामा दिउसो ३ बजेदेखि गर्दै छ । त्यस्तै सबै प्रदेशका राजधानीमा समेत कार्यक्रम गरी भ्रमण वर्षको सुरुवात गर्न लागिएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: