×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० वटा संगठनहरुसँग प्रत्यक्ष सम्वाद गर्छौं : पर्यटनमन्त्री भट्टराई (भिडियो रिपोर्ट)

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० वटा संगठनहरुसँग प्रत्यक्ष सम्वाद गर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सहकारी महासंघ, गैर सरकारी संस्था महासंघ र सामूदायिक वन उपभोक्ता महासंघसँगको छलफलमा मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । पर्यटन वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गराउन पनि संगठनहरुसँगको छलफल महत्वपूर्ण हुने उहाँले बताउनुभयो । 
मंगलबारसम्म ६० वटा विभिन्न राष्ट्रिय संगठनहरुसँग छलफल भएको र बुधबार पनि गरी करिब ८० वटा संगठनहरुसँग पर्यटन वर्षका विषयमा छलफल गर्ने योजना रहेको उहाँले बताउनुभयो । मन्त्री भट्टराईले मंगलबारको छलफलमा सहभागि तीनवटै संगठनहरुलाई जनवरी १ मा हुने मार्चपासमा प्रत्येक संगठनबाट एक सयजनालाई सहभागि गराउन पनि आग्रह गर्नुभएको छ ।
पाँच तारे होटलहरुमा नेपाली खानाको मेन्यु राख्न निर्देशन दिइसकेको बताउँदै उहाँले होमस्टेहरुमा बास बस्नका लागि मात्रै नभएर स्थानीय उत्पादनर्लाइ टेवा पुग्ने गरी खानाको व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो । जनवरी १ बाट नेपालले भ्रमण वर्ष २०२० मनाउँदै छ । दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: