×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कृषि विकास बैंकले पायो २५ लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति

काठमाडौं – कृषि विकास बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोडबाट अनुमति प्राप्त गरेको छ । बैंकले जारी गर्ने ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
बैंकले ७ वर्ष अवधिको कृषि विकास बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.३५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: