×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

४ वाणिज्य बैंककाे नयाँ ब्याजदर सार्वजनिक, ऋण लिँदा कुनबाट सस्तो ?

काठमाडौं । चार वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बुधबारदेखि लागू हुने गरी चारै बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । 
प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक र लक्ष्मी बैंक कर्जा र निक्षेप दुवैतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस्, कुन बैंकको ब्याज कति ?
प्रभु बैंक
प्रभु बैंकले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत दिनेछ भने संस्थागत तर्फ ८.५० प्रतिशतदेखी ८.६० प्रतिशत ब्याज दिनेछ । 
बैंकले बचत खाताहरुमा भने ४.५० प्रतिशतदेखी ६.५० प्रतिशतसम्म ब्याज दिनेछ । त्यसैगरी बैंकबाट कर्जा लिँदा १०.७ प्रतिशतदेखी अधिकतम १४.४५ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने बैंकले जनाएको छ । पुस मसान्तसम्म बैंकको बेसरेट ९.४५ प्रतिशत रहेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले पनि आजै अर्थात बुधबारदेखि लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।  बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.५० प्रतिशत देखी ८.६० प्रतिशतसम्म रहेको छ ।
बचत खातामा ३.५ प्रतिशतदेखी ५.५ प्रतिशतसम्म ब्याज पाइनेछ ।  यस्तै कर्जामा न्यूनतम ९.५८ प्रतिशतदेखी अधिकतम १५.५० प्रतिशतसम्म ब्याज लिने बैंकले जनाएको छ । बैंकको पुस मसान्तसम्मको बेसरेट ८.५८ प्रतिशत रहेको छ । 
एनएमबी बैंक
यस बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.६० प्रतिशतसम्म ब्याज तोकेको छ । बैंकले बचत खाता तर्फ भने ४.५० प्रतिशतदेखी ६.५० प्रतिशतसम्म ब्याज दिनेछ । कर्जतर्फ भने १२.०६ देखी १७.०६ प्रतिशत माथि रहेको बैंकले जनाएको छ । पुस मसान्तमा बैंकको बेसरेट १०.०६ प्रतिशत रहेको छ। 
लक्ष्मी बैंक
लक्ष्मी बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.६० प्रतिशतसम्म ब्याज तोकेको छ भने बचत खातातर्फ ५ प्रतिशतदेखी ६.५ प्रतिशतसम्म ब्याज दिनेछ । 
बैंकले हाल २२ प्रकारका कर्जा दिइरहेकोमा उक्त कर्जाको ब्याजदर ११.०९ देखी १९.०९ प्रतिशतसम्म तोकेको छ । यस्तै पुस मसान्तमा बैंकको बेसरेट १०.०९ प्रतिशत रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: