×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एकदिने एजेन्ट मीट सम्पन्न

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफरले गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल/सीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ । सिटी एक्सप्रेसले गत शनिबार पोखरास्थित पांँच तारे होटल पोखरा ग्राण्डमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा, कास्की, बाग्लुङ्ग, म्याग्दी, पर्वत, तनहुँ, लम्जुङ्ग, स्याङजा, गोर्खा लगायतबाट ३०० भन्दा बढि एजेन्टहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्षदेखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: