सिभिल लघुवित्तले १००% हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं - सिभिल लघुवित्त वित्तिय संस्थाले १००% हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।  संस्थाले १ः१ अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

संस्थाको उक्त हकप्रदको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ ।  हाल सिभिल लघुवित्तको चुक्ता पुँजी ११ करोड ४१ लख १४ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ । 
प्रकाशित मिति : Thursday, January 09, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal