×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२१ करोड रुपैयाँ राजस्व छलेको आरोपमा यूनिभर्सल ट्रेड एण्ड सप्लायर्सका संचालक गिरी विरुद्ध मुद्दा

काठमाडौं – राजस्व छली गर्ने एक व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । विभागले शुक्रबार व्यवसायी प्रकाशराज गिरीले  २१ करोड १८ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको  आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता  गरेको हो ।  
काठमाडौं महानगरपालिका–७ बस्दै आएका गिरी युनिभर्सल ट्रेड एन्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ प्रेस र युनिभर्सल निर्माण सेवाका सञ्चालक हुन् । उक्त मुद्दामा विभागले बिगो असूल गरी बिगोको दोब्बर जरिवाना र ३ वर्ष कैद सजायको माग दाबी गरेको छ । 
विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर अन्तर्गत राजस्व चुहावटको कसूर गरेको अनुसन्धानमा खुलेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: