×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एभरेष्ट बैंक लिमिटेडको दोस्रो त्रैमास: खुद नाफा ५.५८% ले बढ्दा अन्य महत्वपूर्ण सूचकहरुको अवस्था कस्तो ?

काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले पनि आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकको यो नाफा  गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५.५८% अर्थात्  ७ करोड ९९ लाख रुपैयाँले धेरै हो । 
पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी २ पैसा बढेर ३५ रुपैयाँ ६५ पैसा र प्रतिशेयर नेटवर्थ १२ रुपैयाँ ५९ पैसा बढेर २०७ रुपैयाँ ४ पैसा कायम भएको छ। यस्तै यसै अवधि आउँदा बैंकले १ खर्ब ४१ अर्ब १९ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १४ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 
८ अर्ब ५१ करोड २ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब २६ करोड ७४ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेको छ। खुद ब्याज आम्दानी२ अर्ब ९० करोड २४ लाख रुपैयाँ र सञ्चालन मुनाफा ११ करोड ३९ लाख रुपैयाँ बढेर २ अर्ब १५ करोड ६९ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ । 
त्यसैगरी यस अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.१९ प्रतिशतबाट घटेर ०.१६ प्रतिशतमा सीमित भएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: