×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्स बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो संस्था, खुद नाफा १८.८५% ले वृद्धि !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

फर्स्ट माइक्रोफाइनान्स बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो संस्था, खुद नाफा १८.८५% ले वृद्धि !

काठमाडौं – फर्स्ट माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा ६ करोड ६९ लाख ३५ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनमा १८.८५% ले धेरै हो । गत वर्ष यस अवधिमा कम्पनीले ५ करोड ६३ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी १६% ले बढेको छ । गत वर्ष ९ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमासमा बढाएर १० करोड ५८ लाख रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालक नाफा १९.७८% ले बढेर १० करोड ६० लाख रुपैयाँ पुगेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ७ लाख ४१ हजार रुपैयाँ छ । यस्तै, रिजर्भकोषमा १७ करोड ४२ लाख रुपैयाँ छ । कम्पनीको खराब कर्जा भने शून्य रहेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७२ पैसा (बार्षिक) रहेको फर्स्टको प्रतिसेयर नेटवर्थ भने १२१ रुपैयाँ ७७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: