×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्वारा तिलगंगा आँखा अस्पताललाई ३५ थान न्यानो ब्लाङकेट हस्तान्तरण

काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था ज्ञानेश्वर, काठमाण्डौले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिलगंगा आँखा अस्पताललाई ३५ थान न्यानो ब्लाङकेट प्रदान गरेको छ । लघुवित्त वित्तीय संस्थाको एघारौ बार्षिकोत्सबको अवसरमा उक्त सहयोग प्रदान गरिएको हो ।
तिलगंगा आँखा अस्पतालमा नेपालका सामान्य, असाहय, विपन्न नागरिकहरुले समेत आँखा सम्बन्धी उपचार गर्न आउने र हाल बढिरहेको चिसो मौसममा आँखा को अप्रेसन भएका विरामीहरुलाई राहात पुगोस भन्ने उद्देश्य राखि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाबाट उक्त सहयोग प्रदान गरेको जनाएको छ ।
उक्त सहयोग फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् ।
तिलगंगा आँखा अस्पातलकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले स–साना सहयोगले नै तिलगंगा आँखा अस्पताल हालको अवस्थामा आएको बताउदै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई अस्पतालको तर्फवाट उक्त सहयोगको लागि धन्यावाद ज्ञापन गरिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: