बिहिबार ३.५१ अंकले बढ्यो नेप्से, ८३ करोड ७० लाख माथिको कारोबार


काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ३.५१ अंकले बढेर १२१३.११ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७७ कम्पनीको ३८ लाख ४९ हजार ७ सय २२ कित्ता सेयर खरिद बिक्री हुँदा ८३ करोड ७० लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार सिभिल बैंकको प्रोमोटर सेयरको भएको छ । यस बैंकको कुल २० करोड १८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश ग्रामिण विकास लघुवित्त र डिप्रोक्स लघुवित्तको भएको छ ।

यस्तै, बुधबार व्यापार, विकास बैंक, निर्जीवन बीमा, माइक्रोफाइनान्स र जीवन बीमा समूह बढेको छन् भने बाँकी अरु सबै समुह घटेका छन् ।

त्यसैगरी सबैभन्दा धेरै स्वाभिमान लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै रिलायन्स फाइनान्स र राष्ट्रिय वीमाकम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
प्रकाशित मिति : Thursday, January 09, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal