ग्लोबल आइएमई बैंकको सेयर नेप्सेमा सूचिकृत

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको सेयर सूचिकृत भएको छ। बुधबारको कारोबारमा ७ करोड २० लाख ८७ हजार ८१.१८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

तत्कालीन जनता बैंकको सेयर अब ग्लोबल आइएमई बैंकको नाममा सूचीकरण भएको हो । ग्लोबलले जनतासँग १ः८५ अनुपातमा मर्ज गरेको थियो । यसआधारमा सोही सेयर स्वाप अनुसार कायम भएको जनता बैंकको सेयर ग्लोबलको नाममा सूचीकृत गरिएको हो । अब जनताका सेयरधनीले ग्लोबल आइएमई बैंकको नामबाट यो सेयर कारोबार गर्न सक्नेछन् । 
प्रकाशित मिति : Thursday, January 16, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal