बुधबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला ७५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार १ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Wednesday, January 22, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal