हेर्नुहोस् बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


काठमाडौँ - साताको कारोबारको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार प्रति तोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५९ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Thursday, January 16, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal