कुमारी बैंकले प्राप्ति गर्ने भएपछि देवः विकास बैंकको शेयर कारोबार रोक्का

काठमाडौँ - देवः विकास बैंकको बिहिबारदेखि शेयर कारोबार रोकिएको छ । कुमारी बैंक लिमिटेड र देवः विकास बैंक प्राप्ति सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको पत्र प्राप्त भएपछि शेयर कारोबार रोक्का गरिएको हो । 

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्तिसम्बन्धी बिनियमावली २०७३ को बिनियम ६(१) बमोजिम देवः विकास बैंकको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
प्रकाशित मिति : Thursday, January 16, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal