देव: विकास बैंकलाई गाभ्दै कुमारी बैंक, स्वाप रेसियो कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले देव: विकास बैंकलाई गाभ्ने भएको छ । यी दुवै बैंकबीच बुधबार साँझ होटल  रियटमा समझदारी भएको हो । 

कुमारीले देवलाई १००:८६ सेयर स्वाप रेसियोमा अक्वायर गर्न लागेको हो । हाल कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रूपैयाँ छ भने देवको ३ अर्ब १७ करोड रूपैयाँ रहेको छ। 

कुमारी बैंकले यसअघि काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रे विहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई गाभेको थियो। 

मर्जरपछि बैंकको चुक्तापूँजी बढेर १२ अर्ब बढी पुग्नेछ ।
प्रकाशित मिति : Thursday, January 16, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal