×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा सामान्य करेक्सन, ७.४८ अंकले घट्यो बजार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

सेयर बजारमा सामान्य करेक्सन, ७.४८ अंकले घट्यो बजार

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ७.४८ अंकले घटेर १२६३.३८ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८३ कम्पनीको ३७ लाख ६६ हजार ९ सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व २२ करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार प्रभु बैंकको प्रोमोटर सेयरको भएको छ । यस कम्पनीको कुल ११ करोड ४३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश नागरिक लगानी कोष र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
यस्तै, आइतबार व्यापार, होटल्स, विकास बैंक, फाइनान्स र अन्य उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । जसमा सबैभन्दा धेरै व्यापार समुह बढेको छ । व्यापार समुह ९ दशमलव १५ प्रतिशतले बढेको हो ।
त्यसैगरी सबैभन्दा धेरै रैराङ हाइड्रोपावर र साल्ट ट्रेडिंग कर्पोरेसन का लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै दिबेश्वरी हाइड्रोपावर र बरुण हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: