×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंकका शेयरधनीहरुले पाए २३ वर्षपछि लाभांश, अध्यक्ष भन्छन्,`खराब कर्जा घटाउन प्रयत्नरत थियौ…?`(भिडियो रिपोर्ट)

काठमाडौँ – नेपाल बैंकका शेयरधनीहरुले २३ वर्ष पछि लाभांश पाएका छन् । नेपाल बैंकको शुक्रबार बसेको ६० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गरेपछि लगानीकर्ताले २३ वर्ष पछि लाभांश पाएका हुन् ।   
बोनस शेयर पारित भएसँगै नेपाल बैंकाको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय रुपैयाँ पुगेको छ । साधारण सभामा शेयरधनीहरुले बैंकको खराब कर्जा अझै बढी रहेको बताउँदै त्यसलाई घटाउनु ध्यान दिन सुझाव दिएका थिए । बैंकका अध्यक्ष बासुदेव खधिकारीले शेयरधनीहरुको प्रश्नको जवाफ दिदै खराब कर्जा घटाउन प्रयत्न गरिरहेको जानकारी दिनुभयो । उहाँले राष्ट्र बैंकले स्प्रेड रेट र बेस रेट घटाउन निर्देशन दिएकाले खुद ब्याज आम्दानी घटेको समेत बताउनुभयो ।
त्यस्तै अध्यक्ष अधिकारीले नगद लाभांश वितरण साधारण सभा सकिएको दुई घण्टापछि शुरु हुने र बोनस शेयर छिट्टै नै नेप्सेमा सुचीकरण गराई सम्बन्धित शेयरधनीलाई वितरण गरिने जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: