×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एशिया बैंकभित्र कसले राख्यो बम ? प्रहरी भन्छ, ‘डिस्पोज गरिसक्यौँ, स्थिति सामान्य छ…’

काठमाडौँ । एनआइसी एशिया बैंकको सप्तरी राज बिराजस्थिति शाखामा बम भेटिएको छ । अज्ञात समूहले बैंकमा मङ्गलबार बिहान राखेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । बैंक खुल्नेबित्तिकै कार्यालयको भर्यांङमा बम भेटिएपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । 
घटनाबारे जानकारी पाएपछि घटनास्थलमा पुगेको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको प्रहरीको भनाइ छ । राजविराजस्थित नेपाली सेनाको भिमदल गणको बम डिस्पोजल टोलीले बम निस्कृय पारेको हो । विस्फोटले केही क्षति भएको छैन।  यद्यपी बम राखिएपछि त्यहाँ त्रास फैलिएको थियो । बैंकका कर्मचारीहरु दिनभर जसो नै भयवित भएका थिए भने  २ घण्टासम्म बजारमा यातायातसमेत प्रभावित भएको थियो ।

यता प्रहरीले भने बम डिस्पोज गरिसकेको र हाल स्थिति सामान्य रहेको बताएका छन्। 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: