एनआइसी एशिया बैंकको ‘सपोर्ट सेवा’ अव २४ सै घण्टा सञ्चालनमा


काठमाडाैं - एनआइसी एशिया बैंकले ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । यस सुविधाअनुसार बैंकले ग्राहकको गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने छ ।

सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा feedback@nicasiabank.com मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सक्नेछन् ।

आफ्ना ग्राहकलाई कुनै पनि सहायता दिनका लागि बैंकले वर्षभरी नै सपोर्ट सेवा दिन लागेको बैंकले जनाएको छ ।
प्रकाशित मिति : Thursday, January 09, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal