×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेशनल लाईफ इन्स्योरेन्सद्धारा एक करोड मृत्यू दावी भुक्तानी

काठमाडौं – नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एक करोड तीन लाख १५ हजार रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले विर्तामोड झापा स्थित होटल ग्राण्ड प्यासिफिकमा मंगलबार एक कार्यक्रम आयोजना गरी स्व. इन्द्र प्रसाद दंगालको सो मात्राको मृत्यू दावी भुक्तानी गरेको हो ।
उक्त कार्यक्रममा विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले स्व. दंगालको धर्मपत्नी श्रीमती सुष्मिता थपलिया (दंगाल) लाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
दंगालको २०७६ साल कार्तिक ४ गते दुर्घट्नाको कारणबाट मृत्यु भएको थियो । उनले २०७६ साल असार ३१ गते ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभ सहितको १६ वर्षे अमृत वर्षा जीवन बीमालेख खरीद गरेका थिए ।
कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको १५ दिनमा यथाशीघ्र फछर्यौट गरिएको जानकारी विर्तामोड शाखाका प्रमुख कमल बहादुर बुणथोकीले गराएका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: