नेपाल बैंकले १०% नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?

काठमाडौं - नेपाल बैंकले १०% नगद लाभांश आफ्नो सेयरधनीको बैंक खातामा पठाउन थालेको छ । बैंकको पुस २५ गते बसेको साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट १५% बोनस सेयर र १० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

बैंकले पुस २५ गतेबाट नै डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । यता, नेपाल बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ ।
प्रकाशित मिति : Wednesday, January 15, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal