×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले १४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, सोमबार बोलकबोल हुने !

काठमाडौं – नेपाल राष्ट्र बैंकले १४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रिय बैंकले ९१ दिन र १८२ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँ र १८२ दिनका लागि ६ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७७ साल बैशाख २ गते र २०७७ साल असार ३० गते परिपक्क हुनेछ । 
मंगलबार जारी हुने बिलका लागि आज (सोमबार) दिउँसो २ बजे बोलकबोल हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । 
राष्ट्र बैंकद्वारा जारी हुने उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिनेछ। उक्त ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: