कामना सेवा विकास बैंकले पठायो ६.८% नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?

काठमाडौं - कामना सेवा विकास बैंकले ६.८% नगद लाभांश आफ्नो सेयरधनीको बैंक खातामा पठाउन थालेको छ । बैंकले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको पुस २१ गतेबाट खातामा नगद जम्मा गरिदिन थालेको हो ।

यता, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । बैंकको पुस १७ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ६.८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रकाशित मिति : Wednesday, January 08, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal