नेपाल टेलिकमले ४५% नगद लाभांश सेयरधनीको खातामा पठायो

काठमाडौं - नेपाल टेलिकमले आफ्नो सेयरधनीहरुलाई ४५% नगद लाभांश बैंक खातामा पठाउन थालेको छ । कम्पनीले साधारणसभा सम्पन्न भए  लगत्तै उक्त नगद लाभांश सेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको हो। कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफबाट ४५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

यता, कम्पनीले पुस १४ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन सुरु गरेको हो । उक्त मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीको भनाई छ । 
प्रकाशित मिति : Thursday, January 16, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal