×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अनलाइन सपिङका नाममा ठगी: ६७ लाख ९९ हजार रुपैँयासहित आठ पक्राउ !

काठमाडौँ – अर्काको नाममा बैंक खाता खोलेर अनलाइन सपिङको नाममा ठगि गर्ने ८ जना पक्राउ परेका छन् । मंगलबार मोरङ प्रहरीले ३०० जनाभन्दा बढी नेपालीलाई ठग्ने ८ जनालाई पक्राउ गरेको हो ।
अनलाइन सपिङको ठगी धन्दाका मुख्य अभियुक्त इटहरीको सुन्दरहरैचा ३ बस्ने पिसजोन स्कूलको भाइस प्रिन्सिपल विशाल अर्याल भनिने निरञ्जनप्रसाद आचार्यसहित आठ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा खोटाङ जन्तेढुंगाका शिवजी खड्का, देवी चौलागार्इं, धरान २० की भावना राई, सरिता परियार, वर्षा कार्की, सानु गौतम, लक्ष्मी कार्की छन् । 
पीडितहरुको उजुरीका आधारमा उनीहरु पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका उपरीक्षक विश्व अधिकारीले उनीहरुले नेपालका ७८ र भारतीय १४ बैंकमा नक्कली खाता खोलेर अनलाइन सपिङको नाममा ठगि गर्दै आएको अनुसन्धानबाट खुल्न आएको बताए । उनीहरुका साथबाट ६७ लाख ९९ हजार ७५० रुपैँया बरामद गरेको छ । साथै नेपालका ३२ र भारतका ५ वटा बैंकका एटिएम कार्ड र ५८ वटा चेकबुक पनि बरामद गरेको छ ।
प्रहरीले मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगि मुद्दा, बैकिङ कसुर, सरकारी छाप कागजात किर्ते, नागरिकता ऐन अन्तर्गत दोहोरो नागरिकता सम्बन्धि मुद्दा र संगठित अपराध निवारण ऐन २०७० बमोजिमको मुद्दामा अनुसन्धान गरिरहेको छ ।
उनिहरुले विद्युतीय सामाग्रीको अनलाइन सपिङका लागि फेसबुक पेज निर्माण गर्ने र सामान माग्ने सेवाग्राहीलाई रकम जम्मा गराएर सामान नदिने गरेका थिए । विभिन्न व्यक्तिको नाममा खोलिएका बैंक खातामा रकम जम्मा गराउने गरेको पाइएको पनि प्रहरीले जनाएको छ । 
यस्तै भारतीय बेस्ट बाई कम्पनिका एजेन्ट मिश्रा राजुभाई, राजाराम त्रिपाठी, राजेश विश्वास, जुहेब हुसेन, मेलानो कम्पनिका हसन फैसल अली वर्षा अमित थडानी, नमु श्रीकान्त, अंकिता थमन, कुनाल थमन, रनदप्रसाद साह र राजा सोमसहितका भारतीय नागरिकसँगको मिलेमतोमा ठगि गर्दै आएको प्रहरीको दावी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: