×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पोखरा फाइनान्सको खुद नाफा ५ करोड ६४ लाख ८२ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३२ पैसा…

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पोखरा फाइनान्सले ५ करोड ६४ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सको यो नाफा गत वर्षको भन्दा २०.३३% ले बढी हो । गत वर्ष यसै अवधिमा फाइनान्सले ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै पुस मसान्तसम्ममा फाइनान्सको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७४ पैसाले बढेर १२ रुपैयाँ ३२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ०९ पैसा रहेको छ । साथै फाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । फाइनान्सका यी दुई सूचक क्रमश: २९.७१% र २१.१०% ले बढेका हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: