रिलायन्स फाइनान्सले गर्यो ६.५८% लाभांश दिने घोषणा !

काठमाडौँ - रिलायन्स फाइनान्सले आफ्नो सेयरधनीहरुलाई ६.५८% लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ६.५८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस कम्पनीले ५ करोड ४७ लाख ६४ हजार २१४ रुपैयाँको नगद लाभांश वितरण गर्नेछ । 

यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Wednesday, January 08, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal