×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले ल्यायो ‘सनराइज रिकरिङ्ग खाता’ सञ्चालनमा, यस्ता छन् विशेषताहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ पुष २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

सनराइज बैंकले ल्यायो ‘सनराइज रिकरिङ्ग खाता’ सञ्चालनमा, यस्ता छन् विशेषताहरु

काठमाडौं – सनराइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ सनराइज रिकरिङ्ग खाता संचालनमा ल्याएको छ । उक्त खातामा बचत खातामा जस्तैगरी रकम जम्मा गर्दै जान सकिने र ब्याज भने मुद्दति खाता सरह पाइनेछ ।
आवश्यकता अनुसार १ देखि ५ वर्षका लागी बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गदै जान सकिनेछ । खाता खोल्दा न्युनतम बचत रु. १ हजार र त्यसपछि एक पटकमा न्युनतम रु. ५ सय वा ५ सयको गुणाका दरले जम्मा गर्दै जान सकिनेछ ।
सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमित रुपमा मुद्घति खातामा जम्मा हुदैं जाने र मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि सजिलै पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
उक्त खातामा पूर्व निर्धारित भन्दा बढी रकम ग्राहकको अनुकुलता अनुुसार पटक पटक गरी जम्मा गर्न सकिनेछ । यस खाताको अर्को आकर्षण भनेको त्रैमासिक रुपमा प्राप्त हुने व्याज व्यक्तिगत मुद्घति खाता सरहको उच्च ब्याज पाउनु हो । साथै आवश्यक पर्दा उक्त खातामा जम्मा भएको रकमको ९० प्रतिशत सम्म कर्जा लिन पाइने व्यवस्था छ ।
यस खातामा फ्लोटिङ्ग व्याजदर लागु गरिएको छ जसले गर्दा बजारको उतार चढाव अनुसारको व्याज दर निर्धारण गर्न मदत पुग्दछ । उतार चढाव हुदाँ पनि व्याज प्राप्त हुनेछ । हाल बैंकले मुद्घति खातामा ९.२५% मा थप ०.५ % व्याज प्रदान गर्दै आएको छ । यो योजना दैनिक,साप्ताहिक र मासिक हिसाबले बचत गर्ने सोच भएमा व्यक्तिहरुलाई अति उपयुक्त रहने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: