×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टाटा मोटर्सले शुक्रबारदेखि ‘जनवरी फेस्ट’ कार्यक्रम गर्दै, गाडी एक्स्चेञ्जमा बोनससहित आर्कषक उपहार

काठमाडौं – टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडीङ्ग प्रा.लि. ले ‘जनवरी फेस्ट’ कार्यक्रमको आयोजना गर्ने भएको छ । मोटर्सले जनवरी २०२०को अवसरमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
उक्त कार्यक्रम यहि जनवरी १० देखि जनवरी १२ सम्म(पुस २५ गतेदेखि पुस २७ गतेसम्म)थापाथली स्थित टाटा मोटर्सका सोरुममा हुँदै छ । ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एचफाईभ, नेक्सन, टियागो, टिगोर र एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।
साथै, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलार्ई सिंगापुर क्रुजटुर लगायतका विशेष आर्कषणहरु रहेका कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: