धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष ढुंगानाद्वारा पदभार ग्रहण !

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले पदभार ग्रहण गरेका छन् । ढुंगानाले जावलाखेलस्थित बोर्डको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

गत सोमबार मन्त्रिपरिषदले उनलाई आगामी चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष ढुंगानाले पुँजिबजारको कारोबारलाई प्रविधिमैत्री बनाउने तथा पुनर्संरचना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रकाशित मिति : Friday, January 10, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal