×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सुरक्षीत पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउनु पर्छ : गृहमन्त्री थापा (भिडियो रिपोर्ट)

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विपदलाई सहि ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल नेपालीको अभिभारा पुरा गर्न सकिने बताउनुभएको छ । २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवशरमा राजधानीमा आयोजना भएको कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो बताउनुभएको हो । सुरक्षीत पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सकेको अवस्थामा दिगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने उहाँले बताउनुभयो । 
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभएको छ । कमजोर पूर्वाधारका कारण कुनै पनि मानविय क्षति नहोस भन्नका लागि सरकारले पूर्वाधारण निर्माणमा विशेष ध्यान दिएको उहाँले बताउनुभयो । नेपालीलाई सुखी र नेपाललाई समृद्ध बनाउन पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । भूकम्पले भन्दा पनि हामीले निर्माण गरेका पूर्वाधार र संरचनाका कारण क्षति हुने गरेकाले नेपाल सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको बताउनुभयो ।
पुस १५ गतेदेखि माघ १५ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प सम्बन्धि जनचेतना जगाईँदै छ । गृहमन्त्रालयले सातवटै प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको थियो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: