×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कर्पोरेट क्राइम : चिट्ठा परेको भन्दै ठगी गर्ने गिरोहभित्र आइएमईकै सञ्चालक, अन्य ८ जनालाई पनि प्रहरीले पक्रियो !

काठमाडौँ – नेपाल प्रहरीले कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिट्ठा परेको भनेर रु दश लाख चार हजार ठगी गरेको अभियोगमा सातलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिकाका बस्ने इन्दिरी पुरी मनमोहनबहादुर अधिकारी, विराटनगर सजिलो मनीट्रान्सफर सञ्चालक विश्वनाथ राजवंशी, रङगेली नगरपालिकाका भवेशकुमार मण्डल, र अब्दुल सलाम, भारतको बिहार प्रदेश अररिया जिल्लाका शतिष मण्डल र मोइसु रहेका छन् ।  यी मध्ये इन्दिरा पुरी आइएमई संचालक हुन् । पीडित धनकला धामीले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा यी व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताएका छन् । सो समूहले धामीलाई विभिन्न मितिमा दश लाख चार हजार ठगी गरेको जनाइएको छ । 

खोल आइएमईको, धन्दा ठगीको !
इन्दिराले केहि समय अगाडी यस्तो धन्दा सुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ । उनले ठगीकै लागि आइएमई सञ्चालन गरेर बसेको शंका प्रहरीको छ । ठगीका क्रममा यस अघि पनि आइएमईका थुप्रै एजेन्टहरु र तिनका कार्यालयहरु संलग्न रहेको पाइएपनि प्रहरीले आइएमईमाथि अनुसन्धान गर्ने गरेको छैन । पोलिटिकल प्रेसरका कारण यस्ता अपराधमा आइएमइ संग्लग्न भएको थाहा पाउँदा पाउँदै पनि आइएमईमाथि अनुसन्धान नहुँदा यस्ता घटनाले थप बढावा पाएका छन् । यस सम्बन्धि अर्थ सरोकार डटकमले तयार गरेको विशेष भिडियो सामाग्री आगामी अंकमा प्रस्तुत हुनेछ ।     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: