एटिएम मेसिन फुटाइरहेको अवस्थामा युवक पक्राउ !

काठमाडौं । बैंकको एटीएम मेसिन फुटाइरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । प्रहरीले शनिबार बिहान माच्छापुच्छ्रे बैंकको पुतलीसडक शाखामा राखिएको एटिएम मेसिन फुटाइरहेको अवस्थामा ति युवक पक्राउलाई गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा २४ वर्षीय तिलक खड्का रहेको  प्रहरीले जनाएको छ । जाजरकोटको त्रिवेणी नगरपालिका- ६ घर भएका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको टोलीले पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : Sunday, January 12, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal