×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिर्मिरे लघुवित्त र स्वेडा लघुवित्तबीच मर्जर सम्झौता, नयाँ बर्षसँगै एकिकृत कारोबार थाल्ने लक्ष्य !

काठमाडौँ – मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । यी दुई लघुवित्तबीच पुस २७ गते मर्जर सम्झौता भएको हो ।
सम्झौता पत्रमा मिर्मिरे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहरा र स्वेडाका अध्यक्ष रिता देवकोटा बस्नेतले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्राप्ति सम्बन्धि सम्पुर्ण कार्य चैतमसान्त भित्र सक्ने र नयाँ बर्ष २०७७ सँगै एकिकृत कारोबार थाल्ने संस्थाले जनाएको छ ।
मर्जर पश्चात बन्ने कम्पनीको नाम मिर्मिरे लघुवित्त रहने छ भने केन्द्रीय कार्यालय काभ्रे मै रहने छ । मर्जर पश्चात कम्पनी राष्ट्रियस्तरको लघुवित्त बन्ने छ । मर्जर प्रक्रिया पुरा गर्नको लागि दुवै संस्थाका एक-एक संचालक रहेको समिति गठन भएको छ । समितिमा मिर्मिरेको तर्फबाट सन्तोष फुयाल र स्वेडाको तर्फबाट दिपक राज पाण्डे रहेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: