×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राजश्व अनुसन्धान विभागद्वारा ५० करोड राजश्व छलीको आरोपमा दुई जनाविरुद्ध मुद्धा दर्ता !

काठमाडौं – राजश्व अनुसन्धान विभागले राजश्व छली गरेको आरोपमा रुपन्देहीका दुई जनाविरुद्ध मुद्दा चलाएको छ । विभागले आशिष श्रुति ट्रेडर्सका सञ्चालक आशिष गुप्ता र मुख्य कारोवारी सन्नी गुप्तालाई राजश्व चुहावट गरेको अभियोगमा ४९ करोड ६५ लाख बिगो कायम गरी सोमबार रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 
विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दावी गरिएको छ । 
उनीहरुले न्यून बिजकीकरण गर्ने, बिक्री बिलको रकम आम्दानीमा नदेखाउने, तिर्नु नपर्ने खरीदको लागत देखाउने र मालवस्तु विनाबिल र विजक बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: