नेपाल राष्ट्र बैंकले ९० अर्ब ९० करोड रुपैयाँ बराबरको नयाँ नोट छाप्दै !

काठमाडौं - नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्ने भएको छ । बैंकले कुल ९० अर्ब ९० करोड रुपैयाँ बराबरको नयाँ नोट छाप्न लागेको हो । 

केन्द्रीय बैंकले ५ दरका ३० करोड थान, १० का ३४ करोड थान र ५०० दरका १९ करोड थान नयाँ नोट छाप्न लागेको हो । उक्त नोटहरु छाप्नका लागि अन्तर्राष्ट्रिय प्रतिष्पर्धीहरुबाट बोलपत्र आह्वान गरिएको छ । अन्तिम बोलपत्र पेश गर्ने मिति फागुन १६ गतेसम्म तोकिएको छ ।
प्रकाशित मिति : Wednesday, January 15, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal