माध्यामिक शिक्षाको पाठ्यक्रम बनाउने अधिकार स्थानीय तहलाई दिनुले अलमल भयो : पूर्वअर्थमन्त्री महत (भिडियो रिपोर्ट)

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतले माध्यामिक शिक्षाको पाठ्यक्रम बनाउने अधिकार स्थानीय तहलाई दिनुले बढी अलमल भएको बताउनुभयो । नेपालमा शिक्षाको क्षेत्रमा विकास भएको कुरा विद्यालय जाने उमेर पुगेका ९८ प्रतिशत बालबलिका विद्यालय जानुले पनि पुष्टि गरेको उहाँले बताउनुभयो । उहाँले आवश्यक दरबन्दी सिर्जना गर्न लगायतका शिक्षा संगठनहरुले उठाएका मागहरु पुरा गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा प्रगति भएपनि गुणस्तरिय बनाउन सरकारले ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।

माद्यमिक विद्यालय शिक्षक युनियन (हिस्टान)को राष्ट्रिय एकता महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । 
हेर्नुहोस् भिडियो :
प्रकाशित मिति : Friday, January 10, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal