सेबोनद्वारा सर्वसाधारण लगानीकर्तालाई नि: शुल्क तालिम, कहिले हुँदैछ कार्यक्रम ?

काठमाडौँ - नेपाल धितोपत्र बोर्डले सर्वसाधारण लगानीकर्ताहरुको लागि धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी  नि : शुल्क प्रशिक्षण संचालन गर्ने भएको छ । बोर्डले हरेक महिनाको दोस्रो तथा अन्तिम शुक्रबार उक्त तालिम दिन लागेको हो ।

बोर्डका अनुसार तालिममा सहभागी हुन इच्छुकहरुले माघ ८ गते भित्र नाम दर्ता गरिसक्नुपर्नेछ । तालिममा सहभागी हुन फोन र इमेल मार्फत नाम दर्ता गर्न सकिने पनि बोर्डले  जनाएको छ । तालिम बोर्डकै सभाहलमा माघ १० गते दिउँसो दिनको १ः३० बजे तालिम आयोजना हुनेछ। 

यसो त बोर्डले विगत वर्ष देखिने सर्वसाधारण लगानीकर्ताहरुलाई उक्त तालिम दिँदै आइरहेको छ । 
 

प्रकाशित मिति : Friday, January 10, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal