×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेबोनद्वारा सर्वसाधारण लगानीकर्तालाई नि: शुल्क तालिम, कहिले हुँदैछ कार्यक्रम ?

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले सर्वसाधारण लगानीकर्ताहरुको लागि धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी  नि : शुल्क प्रशिक्षण संचालन गर्ने भएको छ । बोर्डले हरेक महिनाको दोस्रो तथा अन्तिम शुक्रबार उक्त तालिम दिन लागेको हो ।
बोर्डका अनुसार तालिममा सहभागी हुन इच्छुकहरुले माघ ८ गते भित्र नाम दर्ता गरिसक्नुपर्नेछ । तालिममा सहभागी हुन फोन र इमेल मार्फत नाम दर्ता गर्न सकिने पनि बोर्डले  जनाएको छ । तालिम बोर्डकै सभाहलमा माघ १० गते दिउँसो दिनको १ः३० बजे तालिम आयोजना हुनेछ। 
यसो त बोर्डले विगत वर्ष देखिने सर्वसाधारण लगानीकर्ताहरुलाई उक्त तालिम दिँदै आइरहेको छ । 
 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: