२२ अर्ब ८० करोड रुपैयाँ भुकम्पिय आवास पुननिर्माणमा विश्व बैंकको सहयोग (भिडियो रिपोर्ट)

काठमाडौँ - विश्व बैंकले भुकम्पिय आवास पुननिर्माण आयोजनाका लागि करिब २२ अर्ब ८० करोड रुपैयाँ सहयोग गरेको छ । अर्थमन्त्रालयमा बिहिबार एक समारोहका बीच विश्व बैंकका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच भुकम्पिय आवास पुननिर्माण आयोजनाका लागि ऋण सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका तर्फबाट कन्ट्री म्यानेजर फारिस एच हाडाड जर्भोसले हस्ताक्षर गर्नुभएको छ । दोश्रो थप ऋण सहायता स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता अनुसार प्राप्त विश्व बैंकको पछिल्लो सहयोग रकमलाई भुकम्प प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० वटा आवास निर्माणमा खर्च गरिने अर्थमन्त्रालयले जनाएको छ ।

विश्व बैंकले नेपालमा भुकम्प प्रतिरोधी आवास निर्माण कार्यक्रम संचालन गरिरहेको छ । यसअघि विश्व बैंकले सन् २०१५ मा ५५ हजार घर पुननिर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो । हेर्नुहोस् भिडियो :
प्रकाशित मिति : Thursday, February 06, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal